कक्षा ११ मा छात्रवृत्ति पाउने विद्यार्थी महानगर आफैंले छनोट गर्ने

असार १८, २०८० मा प्रकाशित | 323 views

काठमाडौँ । काठमाडौं महानगरपालिकाले चालु शैक्षिक सत्रदेखि कक्षा ११ मा निजी विद्यालयले दिने छात्रवृत्तिका लागि आफैं विद्यार्थी छनोट गर्ने भएको छ ।

मेयर बालेन शाहले महानगरपालिका आफैंले विद्यार्थी छनोटका लागि परीक्षा सञ्चालन गर्ने बताए ।

उक्त परीक्षाबाट सामुदायिक विद्यालयमा अध्ययन गरेको, जेहेन्दार, पिछडिएको क्षेत्र, आदिवासी जनजाति, गरिब आदि आधार तयार गरी योग्यताक्रमका आधारमा छात्रवृत्ति पाउने विद्यार्थी छनोट गर्ने बताएका हुन् ।

यसरी छनोट गरेका विद्यार्थीलाई निजी विद्यालयहरुले छात्रवृत्तिमा पढाउनुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web