नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा

असार १७, २०८० मा प्रकाशित | 346 views

काठमाडौँ । नारायणगढ–मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तीन नम्बर पुलमा गए राति खसेको पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको डिभिजन सडक कार्यालय चितवनले जनाएको छ । अहिले दुईतर्फी नै गाडी चलिरहेका छन् ।

पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याएको भए पनि जोखिम कायमै रहेकोले सावधानी पूर्वक गाडी चलाउन कार्यालयले अनुरोध गरेको छ ।

दैनिक औसतमा १० हजार गाडी आउजाउ गर्ने यो सडक खण्डमा गएको बिहीवारदेखि पटक पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web