तारकेश्वर–६ को सन्तोषीले घरमै पाउनुभयो नागरिकता

असार १३, २०८० मा प्रकाशित | 382 views

त्रिशूली । नुवाकोटको तारकेश्वर गाँउपालिका वडा नं ६ निवासी शारिरिक रुपमा पूर्ण अशक्त सन्तोषी रिमालले आफ्नै घरमा नेपाली नागरिकताको प्रमाणपत्र पाउनुभएको छ ।

जन्मजात नै शारिरिक रुपमा कमजोर भएको कारण हिडडुल गर्न नसक्ने २१ वर्षीया रिमाललाई नुवाकोटका प्रमुख जिल्ला अधिकारी किरण थापाले हिजो मंगलबार घरमै गएर नागरिकताको प्रमाणपत्र प्रदान गर्नुभएको हो ।

उक्त वडाको वडाध्यक्ष नारायणप्रसाद रिमालले जिल्ला प्रशासन कार्यालय नुवाकोटमा पुगेर आवश्यक कागजात सहितको सिफारिस तयार गरेसगैँ उहाँलाई प्रशासन कार्यालयबाट प्रजिअ थापा सहित सहायक प्रजिअ बेदनिधी अधिकारी, प्रशासकीय अधिकृत सुरेश खतिवडा सहितले घरमा नै पुगेर आवश्यक प्रक्रिया पूरा गराई नागकिताको प्रमाणपत्र उपलब्ध गराउनुभएको हो ।

शारिरिक रुपमा पूर्ण अशक्त हुनुभएका रिमाललाई नागरिकताको अभावमा सरकारबाट प्राप्त हुने सामाजिक सुरक्षा भत्ता बापतको रकम पाउन समस्या भएको जानकारीमा आएकाले घरमै पुगेर नागरिकता प्रदान गरिएको प्रजिअ किरण थापाले बताउनुभएको छ ।

उहाँको अनुसार शारिरिक रुपमा कमजोर भएका तथा हिडडुल गर्न नसक्ने नागरिकहरुको हकमा घरमै गएर नागरिकता प्रदान गरिने भएकाले त्यस्तो कोही भएमा सम्पर्कमा आउनको लागी पनि अनुरोध गरिएको छ । घरमा नै नागकिरता प्राप्त गरेसगैँ खुसी हुनुभएका सन्तोषीको बुबा तोयबहादुर रिमालले असक्त छोरीलाई स्याहारसुसार तथा रेखदेखमा समस्या हुने गरेको गुनासो गर्नुभएको छ ।

राज्यबाट उपलब्ध हुने भत्ताले सरसफाईको सामाग्रि खरिद गर्न समेत नपुग्ने गुनासो गर्दै शरिर कमजोर भएकाले पौष्टिकयुक्त खानेकुरा खुवाउनु र एक जना हेरालु खटिनुपर्ने भएकाले दीर्घकालीन सहयोगको कार्यक्रम भएमा प्रभावकारी हुने घरमै नागकिरता पाउनुभएका सन्तोषीको बुबा तोयबहादुर रिमालले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web