त्रिशूली । नुवाकोट सहित देशभर सेवा पुराउदै आएको महुली लघुवित्त वित्तीय संस्थाको आयोजनामा विदुरमा आज (मंगलबार)गरिएको रक्तदानमा ३० जना दाताले रक्तदान गरेका छन् ।
महुली लघुवित्त वित्तीय संस्थाको स्थापनाको ११ औँ बार्षिकोत्सवको अवसर बनाएर इलम प्रशिक्षण केन्द्रमा आयोजित रक्तदान कार्यक्रममा सशस्त्र प्रहरी बल १९ नं. गुल्ममा कार्यरत १० जना सशस्त्र प्रहरी सहित ३० जना दाताले रक्तदान गरेको हो ।
रक्तदान कार्यक्रममा सहभागी भएका मध्ये केही दाताले पहिलो पटक रक्तदान गरेकाले अबदेखि नियमित रुपमा रक्तदान गर्ने बताएका छन् । नेपाल रेडक्रस सोसाइटी नुवाकोट र ब्लड अन रिक्योस्ट इन नुवाकोटसंगको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो ।
समाजमा रहेका विपन्न वर्ग तथा न्यून आय भएका व्यक्ति र महिलाहरुलाई सदस्य बनाएर उनीहरुलाई नियमित बचत गर्ने बानी बसाल्न र सामूहिक जमानीमा कृषि तथा लघु उद्यम व्यवसाय सञ्चालन गर्न धितो तथा बिना धितो लघु कर्जा प्रवाह गरेर आर्थिक उपार्जनमा लघुवित्त वित्तीय संस्थाको भूमिकालाई स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिएको महुली लघुवित्त वित्तीय संस्थाले जनाएको छ ।


हरेक वर्ष जुन १४ तारिख अर्थात भोलि बुधबार मनाउन लागिएको विश्व रक्तदाता दिवसलाई समेत लक्षित गर्दै सँस्थाको स्थापना दिवसको अवसरमा नुवाकोटमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको सँस्थाको नुवाकोट शाखा प्रमुख सुनिता केसीले जानकारी दिनुभएको छ ।
उक्त सँस्थाले नुवाकोटको विदुर नगरपालिका वडा नं. ९ मा शाखा कार्यालय स्थापना गरेर नुवाकोटभर सेवा पुराउदै आइरहेको छ ।
20.19¡ÆC