काठमाडौँ । सरकारले सांसद विकास कोष बिउँताएको छ । आर्थिक वर्ष २०७८÷७९ को बजेटबाट हटेको सांसद विकास कोष अहिले पुनः बिउँतिएको हो ।
अब हरेक निर्वाचन क्षेत्रमा पाँच करोड रुपैयाँका दरले रकम विनियोजन हुने भएको छ । यसबाट एउटा आयोजनाका लागि एक करोड रुपैयाँभन्दा धेरै खर्च गर्न पाइने छैन । सांसद विकास कोषका लागि आठ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
दुई वर्ष अघिसम्म प्रतिनिधि सभाका प्रत्यक्ष निर्वाचित सांसदलाई आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि ६ करोड रुपैयाँ दिइँदै आएको थियो ।
17.12¡ÆC