टोपबहादुर रायमाझी काठमाडौँबाट पक्राउ

जेष्ठ १, २०८० मा प्रकाशित | 359 views

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।

आइतवार बेलुकी काठमाण्डौको बूढानीलकण्ठबाट रायमाझीलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो टोलीले उहाँ (रायमाझी) लाई बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरिसकेको छ ।”

नक्कली भुटानी शरणार्थी प्रकरणमा गएको वैशाख २० गते पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार रहेका थिए । अब यो प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १३ पुगेको छ ।

प्रहरीले यसअघि पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता खाणसहित नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजीत राई, एमाले नेता एवम् पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, गिरोहका नाइके भनिएका केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सागर थुलुङ राई लगायत १२ जनालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web