नेपाल रेडक्रस सोसाइटी मार्फत रेडियो चिम्टेश्वर सम्मानित

बैशाख २६, २०८० मा प्रकाशित
Published at 2023-05-09

1011 views

विदुर । विश्व रेडक्रस दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालय मार्फत रेडियो चिम्टेश्वर सम्मानित भएको छ ।

नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालय कालीमाटी काठमाडौमा हिजो सोमबार आयोजित विशेष कार्यक्रममा नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं. ९ बाघखोरबाट प्रशारणमा रहेको सामुदायिक रेडियो “रेडियो चिम्टेश्वर ९०.९ मेगाहर्ज’लाई प्रंशसापत्र सहित सम्मान गरेको हो ।

रेडक्रस मार्फत उत्पादन हुदै आएको रेडियो कार्यक्रमहरु ‘मानवताको लागी हातेमालो र रेडक्रस’ कार्यक्रम उत्पादन र प्रशारणमा सहयोग पुराउदै विपत्, महामारी, रक्तसञ्चार लगायतका अत्यावश्यकीय मानवीय सेवा र मानवीय मूल्य प्रबद्र्धन तथा रेडक्रस अभियानका गतिविधिहरुको प्रचारप्रसारमा योगदान पुराएबापत रेडियो चिम्टेश्वर ९०.९ मेगाहर्ज नुवाकोट प्रशंसापत्रले सम्मानित भएको छ ।

रेडियो चिम्टेश्वरको तर्फबाट सञ्चालक समितिको उपाध्यक्ष तथा ब्यबस्थापक राजुमित्र खनालले प्रशंसापत्र ग्रहणगर्दै अन्तराष्ट्रिय मानवीय सँस्था रेडक्रसको जस्तै रेडियो चिम्टेश्वरको उद्देष्य र लक्ष्य सामाजिक क्षेत्रमा योगदान पुराउने भएकाले दुई सँस्थाबीचको सहकार्य, आपसी सद्भाव तथा समन्वय आगामी दिनमा थप मजबुद हुदै जाने बताउनुभएको छ ।

May be an image of 5 people and text

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Website by Muncha Developers.