रसुवा । रसुवाको उत्तरगया गाउँपालिकाले फिकुरी लेकलाई पर्यटकीय क्षेत्र बनाउन सम्भाव्यता अध्ययन थालेको छ । गाँउपालिकाले सम्भाव्यता अध्ययन गर्न नुवाकोटको फिकुरीसंग सीमा जोडिएको फिकुरी लेकको क्षेत्रमा तीन दिने पदयात्रा सम्पन्न गरेको हो ।
फिकुरी लेकलाई पर्यटकीय क्षेत्र बनाउन सम्भाव्यता अध्ययनका लागि पदयात्रा गरिएको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्यालले बताउनुभएको छ ।
काठमाडौं उपत्यकाबाट नजिकै रहेको फिकुरी डाँडा करिब ३८ हजार मिटरको उचाइमा रहेको छ । फिकुरीबाट रसुवा, नुवाकोटको विभिन्न भुभागका साथै लाङटाङ, गोसाइँकुण्ड, नार्गाजुन, ककनी, गणेश, दोर्जे लाक्पा हिमाल तिब्बती हिमश्रृंखला देखिनुका साथै प्रकृतिको भरपुर मनोरञ्जन लिने सकिने स्थानको रुपमा मानिएको छ ।
डाँडागाउँबाट सुरु भएको पदयात्रा बास्थला, फिकुरी, गोङ्गा भञ्जायाङ हुँदै डाँडागाँउ नै आएर सम्पन्न भएको थियो । पदयात्रामा गाउँपालिकाका पदाधिकारी, पालिकाका कर्मचारी, पर्यटन व्यवसायी होटल व्यवसायी लगायतका ४५ जनाको टोलीले रहेको थियो ।
स्थानीयको आर्थिक उपार्जनसँग जोडेर फिकुरीलाई पर्यटन क्षेत्रको रुपमा विकास गर्न गाउँपालिका सक्रिय भएर लागेको उत्तरगया पालिका उपाध्यक्ष चमेली गुरुङले जानकारी दिनुभएको छ । उहाँको अनुसार गाँउपालिकाको सरोकारावालाहरुको टिमले हालै तीन दिन पैदलयात्रा सम्पन्न भएसगैँ आवश्यक पूर्वाधार तयार गर्नको लागी गाँउपालिका उत्साहित भएको हो ।
15.48¡ÆC