त्रिशूली । नुवाकोट उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चयनको लागी आज उम्मेदवारी दर्ताको कार्यालिका राखिएको छ । निर्वाचन अधिकृत सुरेन्द्रराज अधिकारीको अनुसार आज ५ गते उम्मेदवारहरुको मनोनयन पत्र दर्ता गर्न लागिएको हो ।
आज बिहान साढे १० बजेदेखि अपरान्ह साढे ४ बजेसम्मको समयसीमा भित्र मनोनयन पत्र दर्ताको कार्यसूची राखिएको छ भने आज साँझ ५ बजे उम्मेदवारहरुको प्रारम्भिक नामावली प्रकाशन गरिने भएको छ ।
यस्तै, भोलि बैशाख ६ गते उम्मेदवारहरुको नामावली माथी दाबी बिरोधको समय दिइएको छ भने भोलि नै छानबिन प्रश्चात अन्तिम नामावली प्राकशन गरिने निर्वाचन कार्यतालिका रहेको छ ।
यस्तै, ६ गते नै उम्मेदवारहरुले नाम फिर्ता लिनको लागी समय दिइएको छ भने त्यही दिन नै उम्मेदवारहरुको अन्तिम नामावली साँझ सवा ५ बजे प्रकाशन गरिने प्रमुख निर्वाचन अधिकृत सुरेन्द्रराज अधिकारीले जानकारी दिनुभएको छ ।
यही बैशाख ८ गते साधारणसभा हुने र बन्द सत्र चल्ने भएको छ भने नयाँ नेतृत्व चयनको लागी आगामी बैशाख ९ गते इलम प्रशिक्षण केन्द्र विदुरमा मतदानको मिति तोकिएको छ । नयाँ नेतृत्वको लागी अहिलेको बरिष्ठ उपाध्यक्ष गिता अमात्य, प्रथम उपाध्यक्ष राजेन्द्र श्रेष्ठ दुवै जना दाबेदारीमा रहेका छन् । अहिलेसम्म प्यानल तयार हुन बाँकी रहेकाले कस्को नेतृत्वमा सहमति बन्ने अथवा चुनावी प्रतिस्पर्धा हुने अझै निर्णय हुन बाँकी रहेको छ ।
20.71¡ÆC