त्रिशूली । नुवाकोटको म्यागङ गाँउपालिका वडा नं. ६ स्थित धनेश्वरी म्युरजा डाँडा तथा छ्युर्तेन उद्घाटन तथा वाङ अभिषेक कार्यक्रम विभिन्न पुजा तथा दुमाङ पाठ सहित समापन भएको छ ।
यही बुधबार बेलुकादेखि सुरू भएको पुजापाठ वाङ तथा आशिर्वाद ग्रहण हिजो बिहीबार अपरान्ह सम्पन्न भएको हो ।
वाग्मती प्रदेश सरकार, सँस्कृति तथा पर्यटन मन्त्रालय अन्तरगतको पर्यटन विकासबाट विनियोजित १० लाख रूपैयाँमा निर्माणधिन छ्युर्तेन नेकपा माओवादी केन्द्र नुवाकोटका सहइञ्चार्ज तथा बागमति प्रदेसका निवर्तमान सांसद हिरानाथ खतिवडाले उद्घाटन गर्नुभएको थियोे ।

छ्युर्तेनको उदघाटन समारोहमा उहाँकै आफ्नो पहलमा बिनियोजित गरिएको बजेटले निकै प्रभावकारी काम भएकाले बाँकी रहेको संरचना निर्माणको लागी थप बजेट उपलब्ध गराउनको लागी पहल गर्ने प्रतिबद्धता जनाउनुभएका छ ।
कार्यक्रममा सहभागीहरुले नेपाल अहिंसावादी विश्व शान्ति चक्र संघका केन्द्रीय महासचिव प्रेम दोर्जे बल लामाबाट वाङ, आशिर्वाद ग्रहण गरेका थिए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका म्यागङका ईन्चार्ज रामेश्वर खड्का, सहइन्चार्ज सुकसागर तामाङ, पाटी अध्यक्ष बुद्ध लामा, उपाध्यक्ष राजकुमार थापा, म्यागङ गाँउपािलका वडा नंं ६ का निवर्तमान वडाध्यक्ष आतमसिह तामाङ, किस्पाङ गाउपालिका वडा नम्बर १ का निवर्तमान वडाअध्यक्ष आइते घले लगायतले मन्तव्य राख्नुभएको थियो ।
28.4¡ÆC