बट्टार । तमु ह्युल छोज धीँ गुरुङ राष्ट्रिय परिषद् बागमति प्रदेसको नुवाकोटमा भएको अधिवेशनले नुवाकोटका झमकराज गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
बागमति प्रदेस अन्तरगत रहेका १३ जिल्लाबाट आएका प्रतिनिधिहरुले सर्वसम्मत रुपमा तमु प्रदेस अध्यक्षमा शिवपुरी गाँउपालिका वडा नं.४ सिक्रेका झमकराज गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा गठन गरेको हो । प्रदेसभेलाले प्रस्तावको रुपमा छनोट गरेको नामलाई भेलामा सहभागीहरुले सर्वसम्मत रुपमा अनुमोदन गरेका छन् ।
तमु ह्युल छोज धीँ गुरुङ राष्ट्रिय परिषद् बागमति प्रदेसको पहिलो अधिवेशनबाट बरिष्ठ उपाध्यक्ष भएर जिम्मेवारी पूरा गरेर अहिले अध्यक्षमा सर्वसम्मत चयन हुनुभएका झमकराज गुरुङले गुरुङ समुदायको लागी अहिलेका समस्याहरुको समाधानदेखि जातीय पहिचानको लागी गर्नुपर्ने जिम्मेवारी पूरा गर्नका लागिपर्ने बताउनुभएको छ । उहाँले गुरुङ जातीको धर्म, सँस्कार, परम्परा, भेषभुषा, भाषा लगायतको गर्नुपर्ने कामको बुँदागत रुपमा पूरा गर्नको लागी क्रियाशिल रहने प्रतिबद्धता जनाउनुभयो ।

यस्तै, बागमति प्रदेसको तमुस्यो अर्थात गुरुङ महिलाहरुको नुवाकोटमा भएको भेलाले बागमति प्रदेसस्तरीय नयाँ कार्यसमिति पनि गठन भएको छ । भेलाले रसुवाको शारदा गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति बनाइएको हो । पहिलो नयाँ कार्यसमितिमा तमु ह्युल छोज धीँ गुरुङ राष्ट्रिय परिषद् बागमति प्रदेसको कोषाध्यक्ष समेत रहनुभएका शारदा गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको जानकारी भेलामा प्रस्तावको रुपमा पेश गर्दै सर्वसम्मत गरिएको हो ।
बट्टारमा आयोजित तमु ह्युल छोज धीँ गुरुङ राष्ट्रिय परिषद् बागमति प्रदेसको भेलाको क्रममा तमु ह्युल छोज धीँ गुरुङ राष्ट्रिय परिषद्को नुवाकोटको पनि शनिबार भएको अधिवेशनले इन्द्रबहादुर गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको छ ।

कार्यक्रममा तमु ह्युल छोज धीँ गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय अध्यक्ष कर्णबहादुर गुरुङ, पूर्व केन्द्रीय अध्यक्ष रेशम गुरुङ, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्र विक्रमसिंह ठकुरी लगायतले नेपालको आदिबासी जनजातीमा मुख्य हिस्सा ओगट्न सफल रहेको गुरुङ समुदायलाई आफ्नो जातीय पहिचानको संरक्षणमा केन्द्रित रहन शुभकामना मन्तव्य राख्नुभएको थियो ।
जिल्ला भेलाको लागी बागमति प्रदेशको १३ वटा जिल्लाबाट चयन भएर आएका प्रदेस प्रतिनिधिहरु र पर्यवेक्षकहरु सहित ३०० भन्दा बढीको सहभागिता रहेको थियो ।
अधिवेशनको उद्घाटन पूर्व नुवाकोटको विदुरमा भेला भएका तमु अर्थात गुरुङ समुदायले आ–आफ्नो जातीय भेषभुषा तथा परम्परामा सजिएर -याली सहित कार्यक्रम स्थल बट्टारमा पुगेका थिए ।


15.31¡ÆC