बेलारुसी नागरिक र सरकारी संस्थामा अमेरिकाको प्रतिबन्ध

चैत्र ११, २०७९ मा प्रकाशित | 787 views

काठमाडौँ । अमेरिकाले बेलारुसका सरकारी संस्थामा प्रतिबन्ध लगाएको छ । यस्तै नौ जना बेलारुसी नागरिकलाई पनि प्रतिबन्ध लगाएको छ ।

बेलारुसमा सन् २०२० मा भएको चुनावमा धाँधली गरेको र रुसको समर्थन गरेको आरोपमा अमेरिकाले उनीहरुमाथि प्रतिबन्ध लगाएको हो । प्रतिबन्धपछि यी सरकारी संस्था र व्यक्तिको आर्थिक कारोबार र व्यापार ठप्प हुनेछ ।

प्रतिबन्धमा पर्नेमा बेलारुसको अटोमोबाइल प्लान्टसहित अटोमोबाइल निर्मातासमेत रहेका छन् । अमेरिकाका अनुसार ती अटोमोबाइल कम्पनीले सन् २०२० को चुनावमा धाँधली विरुद्ध शान्तिपूर्ण विरोध गर्ने श्रमिकलाई कामबाट निकालेको थियो । यस्तै, अमेरिकाले बेलारुसका १४ जनालाई भिसामा प्रतिबन्ध लगाएको छ ।

अमेरिकाले लगाएको आरोपको बेलारुसले भने खण्डन गर्दै आएको छ । रुस युक्रेन युद्धका कारण बेलारुस र अमेरिकाको सम्बन्ध चिसिएको छ । बेलारुसले रुसलाई समर्थन गर्दै आएको छ भने अमेरिकासहित पश्चिमा देशले युक्रेनको समर्थन गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web