त्रिशूली । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नंं ३ निवासी पूर्ण रुपमा शारिरिक अशक्त हुनुभएका रोजिना बजगाईले आज आफ्नै घरमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।
शारिरिक रुपमा अशक्त व्यक्तिले पाउने सामाजिक सुरक्षा भत्ता बापतको रकम नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्ने उमेर पुगेपछि नागरिकता अनिवार्य भएकाले उक्त सुविधाबाट बञ्चित हुन नदिन नुवाकोट प्रशासनले घरमै पुगेर नागकिरता प्रदान गरेको हो ।


२०६२ साल मंसिर ५ गते जन्मनुभएका बजगाई नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी बेदनिधि अधिकारीले घरमा पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेसगैँ उहाँले मासिक रु चार हजार पाउदै आउनुभएको सुविधालाई नियमित गराउन सहज भएको उहाँको बुबा कान्छो बजगाईले बताउनुभएको छ ।
जन्मजात नै शारिरिक रुपमा पूर्ण अशक्त हुनुभएका रोजिना बेसुरमा जतातै हिडडुल गर्ने भएकाले रोजिनालाई घरको पिढीँमा बनाएको काठको घेराबारमा राख्ने गरिएको उहाँको आमा गिता बजगाईले जानकारी दिनुभएको छ ।

उहाँहरुकोृ घरको आर्थिक अवस्था निकै कमजोर भएकाले पालनपोषणमा आर्थिक अभाव रहेको छ भने सामाजिक सुरक्षा बापत सरकारले उपलब्ध गराउदै आएको रकमले निकै सहयोग पुग्ने गरेको छ । नेपाली नागरिकताको प्रमाणपत्र पाउने उमेर भएपछि उक्त सामाजिक सुरक्षा भत्ता बापतको रकम लिनको लागी नागरिकता अनिवार्य गरिएको छ ।


सोही कारण उहाँले अबदेखि नागकिरता नभएमा सामाजिक सुरक्षा भत्ता बापतको रकमबाट बञ्चित हुने भएसगैँ उक्त वडाको वडाध्यक्ष कौशिला पुडासैनीले दिएको सूचनाको आधारमा नुवाकोट प्रशासनले आज शनिबार बिदाको दिन भएपनि घरमा नै पुगेर नागकिरताको प्रमाणपत्र प्रदान गरेको नुवाकोटको प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिनुभएको छ ।
नागरिकता प्रदान गर्नभएको लागी सहायक प्रमुख जिल्ला अधिकारी बेदनिधि अधिकारी सहित जिल्ला प्रशासन कार्यालयबाट रमेशजंग पाण्डे र रामचन्द्र पण्डित बेलकोटगढी नगरपालिका वडा नं. ३ स्थित रोजिना बजगाईको घरमा नै पुग्नुभएको हो ।
15.19¡ÆC