बुरून्डीमा पोलियो सङ्क्रमणको प्रकोप घोषणा

चैत्र ४, २०७९ मा प्रकाशित | 746 views

काठमाडौँ । बुरून्डीमा पोलियो सङ्क्रमणको प्रकोप घोषणा भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले तीन दशकभन्दा लामो समयपछि पहिलो पटक पोलियोको सङ्क्रमण देखिएको जनाएको छ।

संयुक्त राष्ट्र सङ्घीय निकायले एक विज्ञप्ति निकालेर मध्य अफ्रिकी देशमा नमुना–२ पोलियो भाइरसका आठ वटा घटना फेला परेको जनाएको छ।

बुरुन्डीका स्वास्थ्य अधिकारीहरूले देशको पश्चिमी क्षेत्रमा खोप नलगाएका चार वर्षीय बालक र उनको सम्पर्कमा आएका अन्य दुई बालबालिकामा पनि सङ्क्रमण देखिएको उल्लेख गरेका छन् । अन्य पाँच वटा नमुना–२ पोलियोको भाइरस फोहर पानीमा फेला परेको डब्ल्यूएचओले जनाएको छ।

पोलियो एक सङ्क्रामक रोग हो । यसले स्नायु प्रणालीलाई सङ्क्रमित गर्छ र पक्षघात निम्त्याउन सक्छ । यसको रोकथाम खोपको प्रयोगबाट गर्न सकिन्छ । डब्ल्यूएचओका क्षेत्रीय अफ्रिका निर्देशक मात्शिडिसो मोएतीले पोलियो खोपलाई बढाउन सक्दो सहयोग गरिरहेको बताउनुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web