ढिकुरे । नुवाकोटको लिखु गाँउपालिकाको वडा नं. १, २ र ३ मा चालु आर्थिक वर्षको दोश्रो चौमासिक अवधिसम्ममा भए गरेका कार्यसम्पादन तथा वडा र पालिकाको कार्यालयले प्रवाह गरेको सेवाको सम्बन्धमा सार्वजनिक सुनुवाई गरिएको छ ।
लिखु गाँउपालिकाको आयोजना तथा युवा सञ्चार नेपाल मार्फत सञ्चालित रेडियो चिम्टेश्वरको सहजिकरणमा बिहीबार वडा नं. १ स्थित आलु ग्रेडिङ हलमा आयोजित सार्वजनिक सुनुवाईमा उठेका जिज्ञासाको सम्बोधन गर्दै तथा सेवा प्रवाहको सम्बन्ध स्पष्ट पार्दै गाँउपालिकाको अध्यक्ष धुव्र श्रेष्ठले नगरउन्मुख हुदै आएको पालिकामा सडक विस्तार, सिचाई योजना, कृषि तथा पशुपक्षीको विकास तथा विस्तार सहितको कार्यक्रममा उल्लेख्य सुधार ल्याउन सफल भएको जानकारी दिनुभएको छ ।
पालिकाको भूमिकालाई प्रभावकारी बनाउदै जनताको ससाना विषयदेखि प्रदेस र संघीय योजनाहरु ल्याएर लिखुमा करोडौ योजना सञ्चालन गर्न सफल भएको भन्दै जिल्लाकै नमूना पालिकाको रुपमा स्थापित गराउन आफू सफल भएको अध्यक्ष धुव्र श्रेष्ठले बताउनुभएको छ ।
पालिकाको भवन निर्माणमा ढिलो भएको भन्ने जिज्ञासामा उहाँले राज्य पुर्नसंरचनाको समयमा सूर्यमतीको भाल्डाँडामा केन्द्र तोकेको तर, त्यहाँ आवश्यक जग्गा नभएकाले पछि सूर्यमतीकै सिमलटारमा सार्ने भनेर निर्णय गरेपनि त्यहाँ समेत जग्गा नभएकाले जग्गा व्यवस्थापन गर्नको लागी वडा नं. ३ का वडाध्यक्ष सिताराम पुलामीमगर (राम)को संयोजकत्वमा जग्गा व्यववस्थापन समिति गठन गरेकाले सोही समितिको सिफारिसको आधारमा अघि बढ्न लागेको उहाँले बताउनुभएको छ ।

कार्यक्रममा गाँउपालिकाको उपाध्यक्ष सुभद्रा अधिकारीले लिखु गाँउपालिकालाई कृषिको माध्यमबाट समृद्धितर्फ लम्काउन गाँउपालिकाले कृषिमा अनुदान, आधुनिकीकरण, व्यवसायीकरण, बजारीकरणतर्फ आवश्यक पहल र समन्वय गर्दै आइरहेको बताउनुभएको छ ।
कार्यक्रममा सहभागीबाट लिखु गाँउपालिकामा रासायनिक मलको अभाव र कालोबजारी समेत भइरहेको भनेर उठाएको प्रश्नको सम्बोधन गर्दै उहाँले मलको आपूर्ति धेरैभन्दा धेरै भित्र्याउन लागि परिरहेको बताउनुभएको छ । आवश्यकता अनुसार रासायनिक ल्याउन पालिकाको सामथ्र्यले नसक्ने भएकाले त्यसको लागी प्रदेस र संघीय सरकारको मापदण्ड र नियमले चाहिएजति पाउन नसकिएको उपाध्यक्ष सुभद्रा अधिकारीले बताउनुभएको छ ।

सार्वजनिक सुनुवाईको उद्देष्य र औचित्वमाथी स्पष्ट बनाउदै गाँउपालिकको प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमले धेरैबाट जिज्ञासा उठेको गाँउपालिकाकाको भवन निर्माणको सन्दर्भमा पालिकाको भवन बनाउन बजेट छुट्टाएपनि उपयुक्त स्थान नभएकाले निर्माण गर्न नमिलेको जानकारी गराउनुभएको छ । तत्कालीन समयमा केन्द्र तोकिएको भाल्डाडाँ, अहिले बसिरहेको डुँडे र जग्गा खोजिएको स्थान सिमलटारमा संघीय मन्त्रालयले तोकेको मापदण्ड अनुसार जग्गा नभएकाले केन्द्र र भवन अन्योल हुन पुगेको प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमले स्पष्ट पार्नुभएको छ ।

कार्यक्रममा वडा कार्यालयबाट सम्पादन भएका योजना तथा कार्यक्रम एंव बजेटको सन्दर्भमा वडा नं. १ को वडाध्यक्ष नरहरी पाण्डे, वडा नं. २ को तर्फबाट वडाध्यक्ष प्रेमबहादुर थापामगर र वडा नंं ३ को तर्फबाट वडाध्यक्ष सिताराम पुलामीमगर (राम) र वडासदस्य अमृतमान गुरुवाचार्य, वडा सचिव ऋषिकेश अधिकारी लगायतले चालु आर्थिक वर्षको दोश्रो चौमासिक अवधिसम्मको कार्यसम्पादनको प्रतिवेदन पेश गर्नुभएको थियो ।


सार्वजनिक सुनुवाईमा सहभागी विभिन्न राजनीतिक दलका प्रमुख एंव प्रतिनिधि, संघसस्थाका प्रतिनिधि, किसान, व्यावसायी नागरिक समाज लगायतका सरोकारावालाहरुले अहिले भइरहेको कार्यसम्पादन सन्तोषजनक रहेको तर, स्थानीय सरकारको तर्फबाट नयाँ रोजगारको सिर्जना गर्न, सेवा प्रवाहमा थप गुणस्तर सहित जनअपेक्षाको विभिन्न क्षेत्रको माग पूरा गर्नको लागी पालिकालाई अभिभावकीय भूमिका निर्वाह गर्न सुझाब तथा सल्लाह दिएका छन् ।



लिखु गाँउपालिका सहित वडा नं. ४, ५ र ६ नं. को कार्यालय मार्फत प्रवाह भएको सेवा तथा चालु आर्थिक वर्षको दोश्रो चौमासिक अवधिमा भएको कार्यसम्पादनको सम्बन्धमा शुक्रबार सार्वजनिक सुनुवाईको आयोजना गरिएको छ ।

गाँउपालिकाको कार्यालय प्राङ्गण, अमिलबोटेमा शुक्रबार बिहान ११ बजेदेखि सुरु हुने सार्वजनिक सुनुवाई कार्यक्रम विशेष गरेर गाँउपालिका र वडा नं. ४, ५ र ६ मा सम्पादित योजनाहरु एंव सेवा प्रवाहको सम्बन्धमा जानकारी हासिल गर्न तथा केही जिज्ञासा, सुझाब एंव सल्लाहको लागी सम्बन्धित क्षेत्रका जनप्रतिनिधि, संघसस्थाका प्रतिनिधि, दलीय प्रतिनिधि, सरोकारवाला सबै नागरिकलाई उपस्थित हुनको लागी अनुरोध गरिएको छ ।
बिहीबार वडा नं. १ स्थित आलु ग्रेडिङ हलमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रमको थप तस्वीरहरु :










15.19¡ÆC