दक्षिण एसियाली महिला बास्केटबलमा नेपाल र बंगलादेश भिड्दै

बैशाख २१, २०७३ मा प्रकाशित
Published at 2016-05-03

635 views

काठमाडौं,चैत १६ । नेपाल बास्केटबल संघको आयोजनामा हुने प्रथम दक्षिण एसियाली महिला बास्केटबल च्याम्पियनसिप आजबाट काठमाडौँमा सुरु हुदैछ ।  प्रतियोगिता अन्तर्गत आज दुई खेल हुने छ । पहिलो खेल श्रीलंकाले माल्दिभ्ससंग खेल्ने छ भने दोस्रो खेलमा आयोजक नेपालले बंगलादेशसंग प्रतिस्पर्धा गर्ने छन् ।  त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने प्रतियोगितामा ५ राष्ट्र सहभागी हुनेछन् ।

चार दिनेसम्म चल्ने प्रतियोगिता राउन्ड रोविन लिगका आधारमा हुने भने प्रतियोगिताको शिर्ष टिमले उपाधि जित्ने छ ।  प्रतियोगितामा आयोजक नेपालसहित बंगलादेश, भुटान, माल्दिभ्स र श्रीलंका सहभागी छन् । प्रतियोगितामा जम्मा १० खेल खेलाइने छ । दक्षिण एसियाली महिला बास्केटबल नेपालमै पहिलो पटक हुन लागेको हो । प्रतियोगिता सञ्चालन गर्न ७२ लाख ९८ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Website by Muncha Developers.