तारुका । तारकेश्वर गाउँपालिका वडा नम्बर २ तारुकाघाटमा क्रियापुत्री भवन र मरनघाटमा चिता निर्माणका लागि पालिकाले ५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ। तारुकाघाटमा संचालित महायज्ञमा सहभागि भएर अध्यक्ष शिव अधिकारीले उक्त घोषणा गर्नुभएको हो ।
यस्तै निर्माणका लागि आवश्यक गिट्टी, बालुवामा कर छुट दिने पनि जानकारी दिनुभयो । साथै उहाँले व्यक्तिगत रुपमा ५ हजार रुपैयाँ पनि सहयोग गर्नुभएको छ। यस्तै महायज्ञ संचालनका क्रममा जेनेरेट चलाउनका लागि ५० लिटर इन्धन प्रदान गर्ने घोषणा गर्नुभएको छ।

क्रियापुत्री भवन र चिता निनर्माणको प्राविधि अध्ययन गरी तत्काल काम थालन पनि निर्देशन दिनुभएको छ । पालिकामा क्रियापुत्री भवन र चिता नहुँदा अव्यवस्थित रुपमा अन्तिम संस्कार गर्नुपर्ने बाध्यता छ ।

15.31¡ÆC