बेलकोटगढीको जनप्रतिनिधिको ध्यान तत्कालको सेवामा

माघ १८, २०७९ मा प्रकाशित | 363 views

नुवाकोटको बेलकोटगढी नगरपालिकामा क्रमशः विकासले गति लिन सुरु गरेको निर्वाचित जनप्रतिनिधिहरुले बताएका छन् । नगरपापलिकामा नयाँ निर्वाचित जनप्रतिनिधि आएसगैँ आवश्यकताको आधारमा शिक्षा, स्वास्थ्य तथा समसामयिक विषयमा सुधार गर्दै तत्कालै लाभ पुग्ने कार्यक्रम गरिरहेको बेलकोटगढी नगरपालिकाको उपप्रमुख शिवप्रसाद दाहालले बताउनुभएको छ ।
अहिलेका जनप्रतिनिधि निर्वाचित भएर आएको १०० दिनमा १०१ राम्रो काम गरेको सन्देश दिएको थियो । सोही अनुसार जनताको सेवा प्रवाहलाई छिट्टो, छरितो तथा चुस्त नाउन निर्वाचित जनप्रतिनिधिले नौ महिनाको अवधिमा ठूला परिवर्तन गर्न नसकेपनि शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा भने नगरबासीलाई तत्कालै लाभपुग्ने काम गरिरहेको नगर उपप्रमुख शिवप्रसाद दाहालले बताउनुभएको छ ।
अहिलेको नेतृत्व आएसगैँ पालिकामा रहेका सामुदायिक विद्यालयमा नमूना विद्यालय सहित बालमैत्री पठनपाठनको व्यवस्था, स्वास्थ्य सँस्थामा बर्थिङ सेन्टरको स्थापना लगायत नगरबासीलाई तत्कालै लाभपुग्ने काम गर्दै आएको उहाँले बताउनुभएको हो । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web