त्रिशूली अस्पताल नुवाकोटले जनआन्दोलनका घाइतेको उपचार निःशुल्क गर्ने भएको छ ।
त्रिशूली अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा.दिपेन्द्र पाण्डेको अनुसार अस्पतालमा हुने उपचार सहित सबै किसिमको सेवा यो साताबाट निःशुल्क सुरु भएको हो । उहाँको अनुसार बागमति प्रदेस सरकारको सहयोगमा ‘जनआन्दोलनका घाइते’को लागी अस्पतालबाट उपलब्ध रहेको सेवा प्रवाह गर्न प्राप्त कार्यदेश अनुसार त्रिशूली अस्पतालले उक्त कार्यक्रम सुचारु गरिएको छ ।
“जनआन्दोलको क्रममा घाइते भएका व्यक्तिहरुको लागी सरकारले उपलब्ध गराएको परिचयपत्रको आधारमा अस्पतालबाट उपलब्ध सेवा निःशुल्क गर्न थालिएको छ ।” मेसु डा.पाण्डेले भन्नुभयो “घाइते भएकाहरुको बल्झिएको व्यथा मात्र होइन, उनीहरुको स्वास्थ्यमा देखिएका समस्याको अस्पतालबाट उपलब्ध सेवा निःशुल्क प्राप्त गर्न सक्नेछन् ।”
त्रिशूली अस्पतालमा यसअघिदेखि नै ज्येष्ठ नागरिक र आर्थिक रुपमा विपन्न भएकाहरुलाई सामाजिक सेवा इकाईको सिफारिसमा निःशुल्क उपचार पुराउदै आइरहेको छ । ‘अस्पतालको गुणस्तर सुधारको लागी न्यूनतम सेवा मापदण्ड’मा देशभरकै पहिलो बनेको उक्त अस्पतालमा उच्चस्तरीय प्रविधिको सहयोगमा विशेषज्ञ सहितको सेवा उपलब्ध छ ।
23.14¡ÆC