जुम्लामा हिउँपरेपछि किसानहरु खुशी

माघ १०, २०७९ मा प्रकाशित | 233 views

जुम्ला । जुम्लामा हिमपात भएकाे छ । आज बिहानदेखि जुम्लाका विभिन्न ठाउँमा हिउँ पर्न थालेकाे हाे।

अहिले जुम्ला सदरमुकाम खलङ्गासहित जिल्लाभरि हिउँ परिरहेको छ । अहिलेसम्म यस क्षेत्रमा करिब आधा फिट हिउँ परिसकेको स्थानीयले बताएका छन् । हिउँपरेपछि किसानहरु खुशी भएका छन् । हिउँदेबालीका लागि हिउँ उत्तम सिँचाइको माध्यम हो ।

हिउँदे सिजनमा विशेषगरी जुम्लामा जौ, गहु लगायतका बाली लगाइन्छ। ‘पानी नपर्दा, हिमपात नहुँदा बाली सुक्न थालेको थियो । हामीहरु हिउँ पर्ने प्रतिक्षामा थियाैँ । अब सिँचाइमा सहज हुने आश छ ‘चन्दननाथ नगरपालिका-८ का किसान धनराशि भण्डारीले भन्नुभयाे ।

जुम्लामा निकै चिसो हुँदै गएको छ । जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय जुम्लाका अनुसार अहिले यहाँकाे माइनस १ दशमलव ४ डिग्री सेल्सियस रहेको छ । हिउँ नपर्दा तापक्रम झन् कम थियो । तीन दिनअघि जुम्लाको तापक्रम माइनस ७ डिग्री सेल्सियसमा झरेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web