सिडियो र सहायक सिडियो सहित गृहका ७० जनाको सरुवा ( कुन जिल्लामा को सूचि सहित)

माघ ६, २०७९ मा प्रकाशित
Published at 2023-01-20

655 views

काठमाडौँ । नुवाकोटको प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीको सुरुवा भएकोछ ।
गृह मन्त्रालय अन्तर्गतका कार्यालयमा कार्यरत नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहमा कार्यरत प्रमुख जिल्ला अधिकारी, सहसचिव, सहायक प्रमुख जिल्ला अधिकारी, उपसचिव, निर्देशक, जेलर लगायतका ७० जना कर्मचारीहरूको सरुवा गरेसगैँ नुवाकोटको प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीको पनि सरुवा भएर नुवाकोटमा दुवै जना नयाँ आउन लागेको हो ।
नुवाकोटमा अब अहिले कैलालीमा प्रमुख जिल्ला अधिकारी रहनुभएका किरण थापा प्रमुख जिल्ला अधिकारी भएर आउनलाग्नुभएको हो । अहिले डोल्पाको प्रमुख जिल्ला अधिकारी रहनुभएका वेदनिधि अधिकारी नुवाकोटको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा आउन लाग्नुभएको हो ।

नुवाकोटका अहिले प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल गृह मन्त्रालयमा सरुवा हुनुभएको छ भने नुवाकोटको सहायक प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्याल प्युठानको प्रमुख जिल्ला अधिकारी भएर जान लाग्नुभएको हो ।


नुवाकोटमा कार्यरत अहिलेका प्रमुख जिल्ला अधिकारी ११ महिना अघि नुवाकोट आउनुभएको हो भने सहायक प्रमुख जिल्ला अधिकारी दुई वर्ष अघि नुवाकोट आउनुभएको थियो । तीन तहको दुई वटा निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराइएको र सामान्यता ः गृह अन्तरगतका कर्मचारीलाई प्रमुख जिल्ला अधिकारीको रुपमा एकवर्षको काज सरुवा हुने भएकाले अहिले भएको सरुवा नियमित प्रक्रिया अन्तरगत नै रहेको हो ।

नेपाल सरकारको प्रतिनिधिका रूपमा जिल्लामा रहने प्रमुख जिल्ला अधिकारीलाई वैज्ञानिक ढङ्गले खटाउन भन्दै मन्त्रालयले प्रमुख जिल्ला अधिकारीको पदस्थापना, सरुवा वा काज सम्बन्धी कार्यविधि तर्जुमाको कार्य केही दिन अघि मात्रै ल्याइएको थियो ।
मन्त्रालयले तीन दिनअघि मात्रै सार्वजनिक गरेको कार्यविधिमा प्रमुख जिल्ला अधिकारीको सरुवा, पदस्थापन तथा कामकाजमा खटाउँदा विभिन्न चारवटा प्राथमिकता तय गर्ने बताइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Website by Muncha Developers.