मेरो माइक्रोफाइनान्सको साधारण सभा सम्पन्न

माघ ६, २०७९ मा प्रकाशित | 341 views

मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडको १० औं वार्षिक साधारण सभा आज (शुक्रबार) सम्पन्न भएको छ।

उक्त सभाले आर्थिक वर्ष २०७८/७९ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको संस्थाको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ। साथै आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षकको नियुक्ति समेत गरेको संस्थाले बताएको छ।

आर्थिक २०७८/७९ मा ३ अर्ब ४२ करोड रुपैयाँ निक्षेप र १६ अर्ब ४० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो समयमा संस्थाले ३३ करोड १२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेड नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रहि देशका ६४ जिल्लामा १४९ शाखा कार्यालय मार्फत लघुबित्त सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web