रसुवा । रसुवामा राहदानी लिनको लागी भर्नुपर्ने आवेदन अनलाइन फारम जिल्ला प्रशासन कार्यालयमा नै निःशुल्क भर्न पाइने भएको छ । सेवाग्राहीलाई सहज तरिकाले राहदानी उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयका कर्मचारीले अनलाइन फारम भर्न सहयोग गर्न सुरु गरेको हो ।
रसुवाको भौगोलिक विकटता, कठ्याङ्ग्रिँदो चिसो लगायतको समस्यालाई मध्ये नजर गर्दै सेवा प्रदान गर्न कर्मचारी मार्फत निःशुल्क रूपमा अनलाइन फारम भर्ने व्यवस्था गरिएको रसुवाको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिनुभएको छ ।
उहाँको अनसार रसुवामा दैनिक १० देखि १५ जनासम्म सेवाग्राहीले राहदानी प्राप्तिका लागि आवेदन अनलाइन फारम भर्ने गरेका छन् । जिल्ला प्रशासन कार्यालय रसुवाले निःशुल्क फारम भर्ने व्यवस्था मिलाएसगैँ सेवाग्राहीले निजी क्षेत्रमा गएर शुल्क तिरेर फाराम भर्नुपर्ने बाध्यता हटेको छ भने काम समेत छिट्टो हुन थालेको छ ।
यसैबीच, रसुवा प्रशासनले विपद् व्यवस्थापनका लागि रसुवामा रहेका सबै सुरक्षा निकायलाई आवश्यक श्रोतसाधन सहित तयारी अबस्थामा रहन निर्देशन दिइएको छ । यो वर्ष अहिलेसम्म हिउ नपरेको तथा वर्षा समेत नभएको कारण अब हुने हिमपातले निम्ताउन सक्ने जोखिमको प्रतिकार्यको लागी सुरक्षा निकायलाई तयारी अवस्थामा रहन प्रशासनले निर्देशन दिएको हो ।
21.49¡ÆC