त्रिशूली । नुवाकोट उद्योग बाणिज्य संघले आर्थिक लाभको लागी सातौ नुवाकोट महोत्सव गर्ने भएको छ ।
एक वर्ष अघिनै अहिलेको कार्यसमितिको कार्यकाल पूरा भएपनि अधिवेशन नगरी म्याद थपेर बसेको संघले सँस्थागत लाभ तथा पदाधिकारीलाई व्यक्तिगत लाभको लागी सातौ नुवाकोट महोत्सव गर्न लागेको हो ।
विदुरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार यही माघ २७ गतेदेखि फागुन १० गतेसम्म १३ दिन महोत्सव सञ्चालन गरिने भएको छ । महोत्सवको लागी एकसय रोपनी जग्गा पिपलटारमा भाडामा लिएको बताएपनि जग्गाधनीसंग अझै सहमति लिन बाँकी रहेको छ । महोत्सव गर्ने जग्गा कुन जग्गाधनीको कति लिने र जग्गा प्रयोग गरेबापत जग्गाधनीले कति रकम पाउने सम्झौता नै हुन बाँकी रहेकाले अन्यत्र स्थान नपाएपछि विकल्पमा पिपलटारमा महोत्सव गर्न उद्योग बाणिज्य सघ बाध्यताले पुगेको हो ।
यसअघि गरेका महोत्सवको खर्च÷आम्दानी अपारदर्शी भएको तथा अनपेक्षित खर्च देखाएर आएको लाभ सँँस्थाको हितको लागी भन्दापनि सँस्थाका सदस्यहरुबाट अपारदर्शी भएको अवस्थामा पुनःअहिले सँस्थालाई लाभ उठाउने बाहनामा सातौ नुवाकोट महोत्सव गर्न लागिएको हो । महोत्सवमा राखिने खेलकुद तथा बाल उद्यान लगायतका मनोरञ्जनका सामाग्रिहरु “नारायणी फेयर एक्जीवेशन”लाई बिना प्रतिस्पर्धा ३५ लाख रुपैयाँमा ठेक्का दिइएको भन्दै संघले गर्न लागेको महोत्सव सुरुवाती समयबाटै संघका पदाधिकारीबाटै बिरोध भइरहेको छ ।
विदुर, बट्टार तथा त्रिशूलीमा स्थान अभावको कारण यो पटकको महोत्सव पिपलटारमा गर्न लागेको भएपनि पिपलटारको स्थानीयबासीसंग महोत्सव सञ्चालनको क्रममा उनीहरुको भूमिका, जिम्मेवारी तथा सहकार्यको सम्बन्धमा छलफल समेत गर्न बाँकी रहेको छ ।
महोत्सव मार्फत स्थानीय कृषि उपज, हस्तकला, कला–सस्कृतिको प्रबद्र्धनको लागी कुनै लक्ष्य नभएको र ठेकेदारलाई जिम्मा लगाइएको कारण सातौँ महोत्सव मार्फत जिल्लाको ठूलो रकम बाहिरिने निश्चित देखिएको हो ।
मेला महोत्सव मार्फत नुवाकोटको सामाग्रि तथा उत्पादनको विक्री गरेर आम्दानीको श्रोत बढाउनुपर्ने र कला तथा सस्कृतिको संरक्षणमा टेवा पुग्नुपर्ने भएपनि अधिवेशन नगरी म्याद थपेर बसेको संघले नाफा कमाएर महोत्सवको बाहनामा उल्टै नुवाकोटबाट ठूलो रकम बाहिर जाने जोखिम देखिएको छ । तर, महोत्सव मार्फत नुवाकोटमा उद्योग धन्दा भित्रने र आर्थिक रुपमा नुवाकोट बलियो हुने पत्रकार सम्मेलनमा मार्फत संघका अध्यक्ष ताराबहादुर कार्कीले दाबी गर्नुभयो ।

19.67¡ÆC