२१ असार, नवलपरासी ।
चालु आर्थिक वर्षमा मात्रै नवलपरासीमा १९ वटा सहकारी बीच एकीकरण भएको डिभिजन सहकारी कार्यालय नवलपरासीका सहकारी अधिकृत वासुदेव भट्टराईले बताउनुभयो ।

उहाँका उनका अनुसार नवलपरासीमा अहिलेसम्म ३४ वटा सहकारी एकीकरण भइसकेका छन् । नौ वटा सहकारी एकीकरणका लागि स्वीकृति लिएर बसेका छन् । पछिल्लो समय डिभिजन सहकारी कार्यालय नवलपरासीमा एकीकरणको कामले तीव्रता पाएको छ ।

नवलपरासीमा अहिले करिब ४ सय ९३ सहकारी रहेका छन् । २ सय ५३ वटा बचत तथा ऋण सहकारी, ७६ वटा कृषि सहकारी र २९ वटा दुग्ध सहकारी रहेको डिभिजन सहकारी कार्यालयले जनाएको छ ।

डिभिजनका अनुसार करिब ९८ करोडको सेयर पुँजी नवलपरासीमा रहेका सहकारीमा छ । तीन अर्व ६४ करोडको बचत गर्ने नवलपरासीका सहकारीले ८२ करोडको बाह्य लगानी रहेको छ । नवलपरासीमा रहेका सहकारीमा करिब १२ अर्बको कारोबार हुन थालेको छ ।

22.58¡ÆC