त्रिशूली । बाग्लुङको बाग्लुङ नगरपालिकाबाट आएको जनप्रतिनिधि र कर्मचारी र नुवाकोटको विदुर नगरपालिकाको जनप्रतिनिधि एंव कर्मचारीबीच आज अनुभव अदानप्रदान गरिएको छ ।
भौगोलिक बनावट, सेवा प्रवाहको अवस्था, अवसर र चुनौती दुवै समान रहेको बाग्लुङको बाग्लुङ नगरपालिका र नुवाकोटको विदुर नगरपालिकाको जनप्रतिनिधि र कर्मचारीबीच एक आपसमा अन्तरक्रियाको माध्यमबाट अनुभव आदान प्रदान गरिएको हो ।
दुवै पालिकाको समान मुद्धाको रुपमा रहेका फोहोर व्यवस्थापन, नदी तथा खोलाजन्य सामाग्रिको उत्खनन तथा व्यवस्थापन, खानेपानी, रोजगारको सिर्जनाको लागी दुई पालिकाको तर्फबाट आससी छलफल तथा अनुभव साटिएको हो ।

विदुर नगरपालिकाको तर्फबाट नगरप्रमुख राजन श्रेष्ठले बाग्लुङ नगरपालिकाबाट जानकारी लिन आइपुगेको जनप्रतिनिधि र कर्मचारीलाई यहाँको श्रोत साधनको उपयोग गर्ने, धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण तथा प्रचारप्रसार गरेर आन्तरिक पर्यटनको प्रबद्धन मार्फत नगरपालिकालाई आर्थिक रुपमा समृद्धि बनाउन लागिरहेको जानकारी गराउनुभयो ।
दुई नगरपालिकाबीच अनुभव आदानप्रदानको क्रममा विदुर नगरपालिकाको तर्फबाट प्रमुख राजन श्रेष्ठ सहित उपप्रमुख प्रभा बोगटी, प्रमुख प्रशासकीय अधिकत बिनोदकुमार खनाल सहित जनप्रतितिधि र कर्मचारीको सहभागिता रहेको थियो ।
यस्तै, बाग्लुङको बाग्लुङ नगरपालिकाको तर्फबाट नगरप्रमुख बसन्तकुमार श्रेष्ठ, उपप्रमुख राजु खड्का, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटा लगायतको जनप्रतिनिधि र कर्मचारीको सहभागिता रहेको थियो ।
कार्यक्रमको तस्वीरहरु :











15.48¡ÆC