जलविद्युत आयोजनामा कार्यरत मजदुर मृत फेला

माघ ४, २०७९ मा प्रकाशित | 473 views

रसुवा । रसुवामा निर्माण भइरहेको माथिल्लो त्रिशूली २१६ जलविद्युत आयोजनामा कार्यरत मजदुर मृत भेट्टिएका छन् ।

रसुवा प्रहरीको अनुसार रसुवाको गोसाइँकुण्ड गाउँपालिका वडा नं.६ स्थित निर्माणाधीन माथिल्लो त्रिशूली २१६ हाइड्रोपावरमा काम गर्ने रसुवाको गोसाइँकुण्ड गाँउपालिका वडा नंं ५ का ४० वर्षीय रिसम वाङदी तामाङ सुतेको स्थानमा नै मृत्त भेट्टिएको हो ।

उनको मृत्युको कारण हृदयघात भएको जस्तो देखिएपनि शवको परीक्षण प्रतिवेदन आउन बाँकी रहेको रसुवा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web