बागमती प्रदेश सभाबाट ५ वटा अध्यादेश स्वीकृत

माघ २, २०७९ मा प्रकाशित | 390 views

मकवानपुर । बाग्मती प्रदेशमा अघिल्लो सरकारले ल्याएका पाँच वटा अध्यादेश प्रदेश सभाबाट स्वीकृत भएको छ । यसअघि राजेन्द्र पाण्डे नेतृत्वको सरकारले ल्याएका पाँच वटा अध्यादेश आज साेमवार प्रदेश सभाबाट स्वीकृत गरिएको हो ।

आजको प्रदेश सभा बैठकमा सभामुख भुवन पाठकले अध्यादेश पेस गर्नका लागि आग्रह गरेपछि प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पेस गरेका पाँच वटा अध्यादेश सर्वसम्मत स्वीकृत भएको हो । प्रदेश सभाबाट प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९, स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९, प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश २०७९, प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९ र प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालन सम्बन्धी अध्यादेश २०७९ सर्वसम्मत स्वीकृत भएको छ ।

पाण्डे नेतृत्वको सरकारले संसद् छलेर आफ्नो अनुकूल ल्याएका अध्यादेशलाई अहिलेको सरकारले पनि स्वीकृत गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web