त्रिशूली । ३०१ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस हिजो नुवाकोटमा बिभिन्न कार्यक्रम गरी मनाईएको छ ।
कार्यक्रममा सहभागी सरोकारवालाहरुले राष्ट्रिय एकतालाई कायम राख्न पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउनुपर्ने आवाज उठाएका छन् । विशाल नेपाल एकीकरण तथा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको दिव्य उपदेशलाई पालना गर्न सके राज्य सञ्चालन समस्याग्रस्त अबस्थामा नपुग्ने जिल्लाको विभिन्न स्थानमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन आयोजित वक्ताहरुले जोड दिएका छन् ।
सरोकारवालाहरुले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिबसका अबसरमा भएको कार्यक्रममा देशको बिकास निर्माण, भष्ट्रचारको अन्त्य, असल चरित्र र राष्ट्रप्रेम दर्शाउदै प्रदुषणमुक्त समाजको लागी सचेत रहन प्रतिबद्धता जनाएका छन् ।
पृथ्बी जयन्ती तथा एकिकरण दिबस मुल समारोह समितीको आयोजनामा नुवाकोटको भैरबी मन्दिर परिसरमा भएको कार्यक्रममा जिल्ला समन्वय समिती नुवाकोटका सभापति रजिन्द्रबिक्रम सिंह ठकुरीले पृथ्बी नारायण शाहले दिनुभएको उपदेशलाई सहि ढंगले कार्यान्वायन गर्नसके समृद्ध नेपाल निर्माण गर्न सकिने बताउनुभएको छ । उहाँले जस्ले राष्ट्रलाई राष्ट्रको रुपमा उभ्यायो उसैको ईतिहास मेटाउने दुस्प्रयास गर्नु देशलाई विखण्डनको बाटोमा लैजानु सिवाय अरु केही नभएको समेत बताउदै यसअघि कटौती गरिएको बिदालाई सरकारले योबर्षदेखि पुनः सार्वजनिक बिदा दिने निर्णय गरेको बिषय स्वागतयोग्य रहेको बताउनुभएको छ ।
कार्यक्रममा मेयर राजनलाल श्रेष्ठले पृथ्वी नारारायण शाहको योगदानको चर्चा गर्दै पृथ्वीनारायण शाहले नेपाल एकिकरणको लागि अग्रसरता लिएको कारण आज नेपाल र नेपाली स्वाभिमानको रक्षा भएको बताउनुभएको छ ।
उहाँले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा स–साना बाइसे र चौविसे राज्यमा टुक्रिएर रहेका राज्यहरुलाई एकिकरण गरी नेपाल भन्ने देश विश्वमान चित्रमा समेटन सफल भएको र एकमात्र राष्ट्रिय विभुतिको रुपमा पुथ्वी नारायण शाहलाई सबैले सम्मान गर्न आवश्यक रहेको बताउनुभएको छ ।
कार्यक्रमको सभापतित्व गर्नुभएका बिदुर नगरपालिका वडा नं २ वडाअध्यक्ष दिपक कायस्थले पृथ्बी नारायण शाहको योगदानलाई स्मरण गर्दै उहाँले बनाउनुभएको एकिकृत राज्यको जगेर्ना गर्ने दायित्ब अबको पुस्ताको रहेको बताउनुभएको छ ।
कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल, बिदुर नगरपालिकाका उपप्रमुख प्रभा बोगटी, वडा नं १ का वडाअध्यक्ष लेलिन रञ्जित, जबरजंग गणका गणपति अरुण कार्की, जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख रमेश पण्डित, नागरिक समाजका अध्यक्ष कुशबहादुर डंगोल, बिश्व हिन्दु महासंघका अध्यक्ष यज्ञराज केसी लगायत विभिन्न सघसस्थाका प्रमुख एबं प्रतीनिधि लगायतको सहभागिता रहेको थियो ।
यस्तै, पृथ्बी स्मारक संरक्षण समितिको आयोजनामा पनि आज ३०१ औं पृथ्वी जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ ।

पृथ्बी जयन्ती तथा पुनस्थापना वर्षको अवसरमा नुवाकोट देबीघाटमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधीसभा सदस्य अर्जुननरसिंह केसीले हाल देबिघाटमा अबस्थित पृथ्बीनारायण शाहको शालिक स्थापनाको लागी आफुहरुले निकै ठुलो भुमिका खेलेको स्मरण गर्दै यसको महत्व र संरक्षणको लागी सदैब प्रतिबद्ध रहेको बताउनुभएको छ ।
कार्यक्रममा पृथ्बी स्मारक संरक्षण समिती देबिघाटका अध्यक्ष गोबिन्दलाल चित्रकारले शाह बंशिय राजसंस्था, नेपाली सेना र हिन्दु धर्मले नेपाल देश अडिएको बताउँदै राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ऐतिहासिक त्यागलाई सदैब सम्मान गर्नुपर्ने बताउनुभएको छ । उहाँले अब स्थानीय सरकारले देबिघाटमा रहेको शालिकको भरपर्दो संरक्षणको लागी पहल गर्नुपर्नेमा जोड दिनुभएको छ ।
कार्यक्रममा बिदुर नगरपालिका वडा नं ३ वडाअध्यक्ष बद्री रीमाल, वडा नं ४ का वडाअध्यक्ष निलमबाबु ढुंगेल, वडा नं ५ का वडाअध्यक्ष लिलानाथ न्यौपाने, जालपा क्षेत्र विकास समितिका अध्यक्ष मानबहादुर डंगोल, देबीघाट जालपा क्लवका अध्यक्ष दिपेश चित्रकार, जेष्ठ नागरीक प्रतिष्ठनका अध्यक्ष विष्णु नेपाल, पृथ्बी स्मारक संरक्षण समितिका उपाध्यक्ष रामकृष्ण भट्ट लगायतले पृथ्वी नारायण शाहले देश निर्माणमा गरेको योगदानको चर्चा गर्दै पृथ्वी नारायण शाहलाई राष्ट्रले स्मरणका साथ यसदिनलाई विषेश पर्वको रुपमा मनाउनुपर्नेमा जोड दिनुभएको छ ।
पृथ्वी जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा नृत्य प्रतियोगिता र दौड प्रतियिोगिताको समेत आयोजना गरी उत्कृष्ठ स्थान हाँसिल गरेकाहरुलाई नगद सहित प्रमाण पत्रबाट सम्मान गरेको आयोजक समितिका उपाध्यक्ष रामकृष्ण भट्टले जानकारी दिनुभएको छ ।

15.19¡ÆC