२० असार, काठमाडौं ।
नेपाली सेयर बजार सोमबार पनि दुई अङ्कले घटेको छ ।

नेपाल स्टक एक्चेन्जका अनुसार सेयर बजार सोमबार दुई अङ्कले घटेर एक हजार ७१७ बिन्दुमा कायम रहेको छ ।

आइतबारबाटै घट्ने क्रम सुरु भएको सेयर बजार एक हजार ७१९ बिन्दुमा कायम रहेको थियो ।

अघिल्लो साता ३८ अङ्कले बढेको सेयर बजार पछिल्लो दुई दिनमा छ अङ्कले घटेको हो ।