त्रिशूली । नुवाकोटमा चिसो मौसम, कोरोना रोगको सक्रमण तथा आगलागीजन्य घटना नियन्त्रणको लागी तयारी अवस्थामा रहन जिल्लादेखि स्थानीयतहसम्म आवश्यक तयारी मिलाएको बताइएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिको हालै बसेको बैठकले अहिलेको चिसो मौसममा हुनसक्ने घटना न्यूनिकरण गर्नदेखि हिमपात, कोरोना र आगलागी लगायतका विपद्को जोखिमबाट जिल्लाबासीलाई बचाउन विभिन्न तहमा रहेका सरकारका इकाईदेखि सामाजिक संघसस्थाहरुलाई परिचालन गरेर पूर्व तयारी चुस्त बनाइएको हो । विशेष गरेर त्यसको लागी स्थानीयस्तरमा रहेको स्थानीयस्तरमा रहेको विपद् व्यवस्थापन समितिलाई प्रभावकारी बनाउन आवश्यक रहेको जिल्लास्तरीय विपद् व्यवस्थापन समितिले औल्याएको हो ।

अहिलेको समयमा चिसो मौसमको कारण ज्येष्ठ नागरिक, बालबालिका बिरामी तथा सुत्केरी, गर्भवती, घरबार बिहीन तथा अतिविपन्न वर्गलाई कष्टकर हुने, काम प्रभावित हुदाँ आयश्रोत नभई गाँसबासको लागी समस्या हुने लगायतका कठिनाईबाट बचाउने कार्यक्रम तथा पूर्वतयारीमा रहने गरेर जिल्ला विपद् व्यवस्थापन समितिले निर्णय गरेको छ ।

अहिलेको चिसो मौसममा न्यानो बनाउने, खाना र बस्ने व्यवस्ता मिलाउने लगायतको प्रबन्ध मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिनेदेखि आवश्यक समन्वयन जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले ९ बुँदे निर्णय गर्दै आवश्यक निर्देशन र समन्वयन मिलाएको नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिनुभएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति नुवाकोटले घट्नसक्ने विपद्को पहिचान, पूर्वतयारी, आवश्यक समन्वयन सहित खोज तथा उद्धारको लागी आवश्यक तयारी मिलाइएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिनुभएको छ ।
जिल्लामा विपद्को क्षेत्रमा कार्यरत रहेका सरकारी निकाय र सामाजिक संघसस्थासंगको सहकार्यले अप्रिय घटना हुन नदिन र भइहालेमा कमभन्दा कम क्षति, समयमै खोज तथा उद्धार र पुर्ननिर्माण र पुर्नस्थापनाको लागी आवश्यक तयारी मिलाइएको नुवाकोटको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिनुभयो ।

15.31¡ÆC