मकवानपुर । नेपाली कांग्रेसको बाग्मती प्रदेश सभा संसदीय दलको नेतामा बहादुरसिंह लामा तामाङ निर्वाचित हुनुभएको छ । आज बुधबार भएको मतदानको नतिजा अनुसार काँग्रेसको संसदीय दलको नेतामा नुवाकोटका नेता बहादुरसिंह लामा तामाङ विजयी हुनुभएको हो ।
बाग्मती प्रदेशको कार्यालय हेटौँडामा भएको चुनावमा लामाले निकटतम प्रतिस्पर्धी इन्द्रबहादुर बानियाँलाई पाँच मतले हराउनुभएको हो ।
बहादुरसिंह लामा तामाङले २१ मत ल्याएर बिजयी हुनुभएको हो भने यसअघिका संसदीय दलका नेता तथा काग्रेसका बागमति प्रदेस सभापति समेत रहनुभएका इन्द्रबहादुर बानियाँँले १६ मत मात्र ल्याउनुभएको छ ।
नेपाली काग्रेसको केन्द्रीय सदस्य तथा यसअघिको दुई कार्यकालको संघीय सांसद् समेत भइसक्नुभएका बहादुरसिंह लामा तामाङलाई शेरबहादुर सहित इतर समूहको समेत समर्थन रहेको थियो । संसदीय दलको नेतामा पराजित इन्द्रबहादुर बानियाँ भने शेरबहादुर देउवा समूहको भएपनि सोही समूहले वेवास्था गरेपछि नेतृत्वको साथ बिना नै चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।
25.33¡ÆC