त्रिशूली । नुवाकोटको सूर्यगढी गाँउपालिका वडा नं. २ मा रहेको वि.पि स्मृति आधारभूत विद्यालय र वडा नं. ४ मा रहेको कालिका माध्यामिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।
सूर्यगढी गाँउपालिका वडा नं. ४ घर भएका समाजसेवी सरु शाही शाहीले स्वर्गिय बुबा कृष्ण शाहीको सम्झनामा व्यक्तिगत लगानीमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई एक कार्यक्रमको बीच बुधबार न्यानो कपडा वितरण गर्नुभयो । उहाँले कालिका माविमा अध्ययनत बालकक्षादेखि ८ कक्षासम्मका २२१ जना विद्याथीलाई एक–एक थान ज्याकेट वितरण गुर्नभएको हो ।

यस्तै, उहाले सूर्यगढी गाँउपालिका वडा नं. २ मा रहेको वि.पि स्मृति आधारभूत विद्यालयमा अध्ययनरत विद्याथीलाई पनि न्यानो कपडा वितरण गर्नुभएको छ । उक्त विद्यालयमा अध्ययनरत सबै ९५ विद्यार्थीलाई एक–एक थान न्यानो कपडा वितरण गरिएको समाजसेवी सरु शहीले जानकारी दिनुभयो ।

एकवर्ष अघि दिवंगत हुनुभएको बुबाको सम्झना तथा सम्मानमा उहाँले विद्यार्थीहरुलाई शैक्षिक सामाग्रि, न्यानो कपडा, छात्रबृत्ति लगायतका कार्यक्रम सञ्चालन गर्ने योजना अन्तरगत पहिलो कार्यक्रम आफ्नै गाँउमा रहेको विद्यालयमा सम्पन्न गरिएको र आगामी दिनमा थप कार्यक्रम निरन्तर अघि बढाउने समाजसेवी सरु शाहीले जानकारी दिनुभयो ।
आर्थिक रुपमा सम्पन्न नभएको तथा बुबा-आमाको शिक्षाको चेतनाको स्तर कमजोर हुदाँ आफूले राम्रो शिक्षा लिन नपाएको स्मरण गर्दै उहाँले अबको दिनमा कोही पनि बालबालिकाले न्यानो कपडा लगाउन र विद्यालय छाड्न नपरोस भन्ने उद्देष्यले आफ्नो कमाईबाट केही भएपनि विद्यालयका विद्यार्थीलाई सहयोग पुराएको उहाँको भनाई छ ।



15.31¡ÆC