प्रतिनिधि सभाको अधिवेशन पुस २५ गतेका लागि आह्वान

पुस १२, २०७९ मा प्रकाशित | 509 views

काठमाडौँ । प्रतिनिधि सभाको अधिवेशन आउँदो पुस २५ गतेका लागि बोलाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गते दिउँसो १ बजेका लागि संसद् अधिवेशन आह्वान गर्नुभएको हो ।

संविधानको धारा ९३ को उपधारा १ बमोजिम सङ्घीय संसद्को अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

गएकाे मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा चुनावबाट यस वर्ष संसदमा १२ वटा राजनीतिक दल र चार जना स्वतन्त्र सांसद विजयी भएका छन् । सात वटा दलले राष्ट्रिय दलको मान्यता पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web