ई–सिम सेवा नुवाकोटबाट पनि वितरण सुरु

मंसिर २९, २०७९ मा प्रकाशित | 366 views

त्रिशुली । नेपाल टेलिकम त्रिशूली शाखाले ई–सिम वितरण सुरु गरेको छ । अहिलेको भौतिक सिमलाई प्रतिस्थापन गर्दै नेपाल दूरसञ्चार प्राधिकरणले ल्याएको ई–सिमको यो सातादेखि त्रिशूली शाखा कार्यालयबाट वितरण सुरु गरेको सहायक प्रशासकीय अधिकृत अनन्त कोइरालाले जानकारी दिनुभएको छ ।

उहाँको अनुसार अहिलेलाई पहिलेदेखि नै कम्पनीका सिमकार्ड प्रयोग गरिरहेका पुराना प्रिपेड तथा पोस्टपेडका ग्राहकले सिम परिवर्तन गर्न कम्पनीले निःशुल्क ई–सिम उपलब्ध गराइरेहको छ । पोस्टपेडको नयाँ सिम लिने ग्राहकले स्वतः नयाँ ई–सिम उपलब्ध गराइएने भएको छ । मोबाइल सेटमा ई–सिम प्रयोग गर्न क्यूआर कोडमार्फत स्क्यान गरेर चलाउन सकिने भएकाले अहिलेको भौतिक सिमको आवश्यक नपर्ने हुदाँ ग्राहकको आकषण बढेको पाइएकोछ । भौतिक सिमको सुधारिएको स्वरुपमा ई–सिम ल्याइएको हुदाँ अहिलेसम्मको प्राविधिक पक्षमा निकै गुणस्तर पाइएको सहायक प्रशासकीय अधिकृत अनन्त कोइरालाले जानकारी दिनुभएको छ ।

ई–सिम प्रयोग गर्न तोकिएको मोबाइल सेटमा मात्र चल्ने भएकाले सबैको लागी भने प्रयोगमा नआउने भएको छ । ई–सिम प्रयोग गर्दा सिम नचाहिने भएकाले एकमात्रै सिम लाग्ने मोबाइलको लागी ई–सिमको प्रयोगले एकभन्दा बढी नं को सिम प्रयोग गर्न समेत सहज हुने भएकाले यो प्रतिको आकर्षण बढेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web