नुवाकोटमा दुईवटा बस एकआपसमा ठोकिदा अठार जना घाइते

मंसिर २५, २०७९ मा प्रकाशित | 242 views

त्रिशुली । रसुवाबाट काठमाडौतर्फ जान लागेका दुईवटा बस हिजो शनिबार नुवाकोटको विदुर नगरपालिका वडा नं. १० तिरतिरे भीर नजिकै मुख्य सडक खण्डमा एकआपसमा जुध्दा अठार जना घाइते भएका छन् । घाइते मध्ये गम्भीर अबस्थाको एक जना महिलाको काठामाडौको ग्राण्डी अस्पतालमा उपचार भइरहेके छ भने अन्य घाइतेहरु उपचार पश्चात घर फर्किएका छन् ।

गम्भीर घाइते भएका मध्ये दुई जनालाई नुवाकोटमा उपचार हुन नसकेपछि काठमाडौ पठाइएकोमा एक जनाको हात र खुट्टा दुवै भाचिएकाले शल्यक्रिया गर्नको लागी ग्राण्डी अस्पतालमा भर्ना भएको र अर्को घाइते ग्रिनसिटी अस्पतालबाट आरामको लागी डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिनुभएको छ ।

उहाँको अनुसार दुईवटा बसका चालक सहित १८ जना घाइते भएकामा बाँकी एक जना बाहेक बाँकी सबैको स्वास्थ्यमा क्रमिक रुपमा सुधारको क्रममा रहेको र अस्पताल नै बस्नु नपर्ने भएकाले सबैजना डिस्चार्ज गरिएको हो ।

चार जनालाई काठमाडौ पठाइएको थियो भने बाँकी १४ जनाको त्रिशूली अस्पतालमा उपचार गरिएको थियो । एकै दिशाबाट अर्थात रसुवाबाट वेत्रावती हुदैँ काठमाडौ जान लागेका नमस्ते पासाङ ल्यामु प्रा.ली.को दुईवटा बस तिव्र गतिकोकारण दुर्घटनामा परेको हो । उक्त कम्पनीका नुवाकोट रसुवा इञ्चार्ज हरि न्यौपानेको अनुसार तिरतिरे भीरको पहिरो नियन्त्रणको काम भइरहेकाले त्यहाँबाट आउजाउ बन्द हुदाँ पुनः वेत्रावतीतर्फबाट तुप्चे निस्केर त्रिशूली आउनको लागी अघिल्लो बस बीच सडकमा नै फर्काउन लागिरहेको समयमा पछिबाट आएको बसले ठक्कर दिएको हो ।

अगाडी रहेको बा.४ख ८८२ नं. को बस ढुङ्गे–वेत्रावती सडखक खण्डको तिरतिरे भीर नजिकैबाट फर्काउन सडकमा नै घुमाउन लागेको समयमा पछाडीबाट आएको प्रदेस नं. ३ ०१–००५ ख ९३५४ नं.को बस सडकमा पल्टिन पुग्दा अठार जना घाइते भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web