समानुपातिक तर्फको मतगणना सम्पन्न

मंसिर २१, २०७९ मा प्रकाशित | 270 views

काठमाडौँ । प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिक तर्फको पनि मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालका अनुसार समानुपातिकतर्फको मतगणना पनि मंगलबार रातीदेखि सकिएको हो । मत गणना सम्पन्न भएको र त्यसको आधिकारिक तथ्याङ्क आयोगको वेबसाइटमा समेत प्रवृष्ट गरिएको छ ।

आयोगका अनुसार कुल एक करोड ५ लाख ६० हजार ६७ मत सदर भएको छ । त्यसमध्ये सबैभन्दा धेरै नेकपा (एमाले)ले २८ लाख ४५ हजार ६४१ मत ल्याएको छ । नेकपा एमालेले प्रत्यक्षमा दोश्रो स्थान ल्याएपनि समानुपातिक तर्फ भने नेपाली काँग्रेसको भन्दा एमाले भन्दा एक लाख ३० हजार ४१६ ले मत बढी ल्याएर पहिलो स्थानमा रहेको हो ।

दोस्रोमा रहेको नेपाली कांग्रेसले २७ लाख १५ हजार २२५ मत प्राप्त गरेको छ भने तेश्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र)ले ११ लाख ७५ हजार ६८४ मत पाएको छ ।

चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३४४ मत प्राप्त गरेको छ भने पाचौ स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८८ हजार ८४९ मत पाएको छ ।
यस्तै, छैठौ स्थानमा रहेको जनता समाजवादी पार्टी नेपालले चार लाख २१ हजार ३१३ मत प्राप्त गरेको छ भने सातौ स्थानमा रहेको जनमत पार्टीले तीन लाख ९४ हजार ५६६ मत पाएको छ । सातवटा दलले मात्रै सदर मतको तीन प्रतिशत ल्याएकाले राष्ट्रिय दलको मान्यता पाएर सामानुपातिक तर्फको सांसद् सिफारिस गर्न पाउने भएका छन् ।

नेकपा एमालेसंग विभाजन भएको नेकपा (एकीकृत समाजवादी) राष्ट्रिय दल बन्नबाट बञ्चित भएको छ । कुल सदर मतको तीन प्रतिशत मत देशभरबाट ल्याउन नसकेकाले राष्ट्रिय दलको मान्यता पाउन नसकेको र समानुपातिक संसद् पनि सिफारिस गर्न नपाउने निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले जानकारी दिनुभएको छ । नेकपा (एकीकृत समाजवादी)ले दुई लाख ९८ हजार ३९१ मत मात्रै प्राप्त गरेको छ ।

दश सिट प्रत्यक्षमा जिते पनि नेकपा (एकीकृत समाजवादी)ले समानुपातिकमा सदर मतको ३ प्रतिशत मत पाउन नसकेपछि प्रत्यक्षमा बिजयी भएका सांसद्हरुले पनि अब व्यवस्थापिका संसद्मा स्वतन्त्र सांसद्को रुपमा बस्नुपर्ने भएको छ ।

निर्वाचन आयोगको अनुसार राष्ट्रिय दल बन्नका लागि नेकपा (एकीकृत समाजवादी)लाई १८ हजार ४११ मत नपुगेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web