त्रिशूली । नुवाकोटको निर्वाचन क्षेत्र नं. १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङ बिजयी हुनुभएको छ । सत्तारुढ पाचदलीय लोकतान्त्रिक–बाम गठबन्धनको साझा उम्मेदवारको रुपमा रहनुभएका माओवादी केन्द्रका उम्मेदवार तामाङले २६ हजार पाचसय ४८ मत ल्याएर बिजयी हुनुभयो । उहाँको निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार बद्री मैनालीले २३ हजार चारसय ६३ मत प्राप्त गरेको निर्वाचन अधिकृत टेकराज भुसालले जानकारी दिनुभयो ।
यही मंसिर ४ मा भएको निर्वाचनमा खसेको ६३ हजार तीनसय ७९ मतको आज (शनिबार) बिहान सम्पन्न गणनाको अन्तिम परिणाम अनुसार माओवादी केन्द्रका तामाङ तीन हजार एकसय १२ मत अन्तरले बिजयी हुनुभएको हो ।

पूर्वमन्त्री समेत रहनुभएका तामाङ यसअघि विसं. २०७४ सालको आम निर्वाचनमा सोही निर्वाचन क्षेत्रबाट बिजयी हुनुभएको थियो । उक्त समयमा आफ्नो निर्वाचन क्षेत्रको प्रदेस सभा सदस्य पदका सहयात्री एमालेका मैनालीसंग अहिले प्रतिस्पर्धामा रहदाँ उक्त समयका प्रतिस्पर्धी दल नेपाली काँग्रेसको समेत साथले उहाँ सहजै बिजयी हुनुभएको हो ।
उक्त निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पाटीका उम्मेदवार डा.प्रद्युम्न महतले छ हजार एकसय १३ मत र राष्ट्रिय स्वतन्त्र पाटीका सुदर्शन सिटौलाले एक हजार छसय ११ मत प्राप्त गर्नुभयो । चुनावी प्रतिस्पर्धामा तीन स्वतन्त्र सहित १७ जना उम्मेदवार भएपनि अन्य उम्मेदवारको मत एक हजार भन्दाकम रहेको निर्वाचन अधिकृत भुसालले जानकारी दिनुभयो ।
19.12¡ÆC