नुवाकोट–१ को प्रदेशसभा (२) मा कांग्रेसका महत विजयी

मंसिर १०, २०७९ मा प्रकाशित | 409 views

त्रिशूली । नुवाकोट क्षेत्र नं १ को प्रदेशसभा (२) मा नेपाली कांग्रेसका उम्मेदवार रमेशकुमार महत विजयी हुनुभएको छ ।

निर्वाचन अधिकृत टेकराज भुसालका अनुसार आज सम्पन्न भएको मतगणनामा कांग्रेसका नुवाकोट सभापतिसमेत रहनुभएका महत १३ हजार सात सय २७ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का पूर्णलाल श्रेष्ठले ११ हजार आठ सय ३१ मत ल्याउनुभयो ।

No photo description available.

उक्त निर्वाचन क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पाटीका उम्मेदवार विमल थापाले तीन हजार ९२ मत प्राप्त गर्नुभएको छ । एक स्वतन्त्रसहित नौ उम्मेदवार चुनावी मैदानमा थिए ।

जिल्लाको ककनी, लिखु, सूर्यगढी गाँउपालिका र पञ्चकन्या गाँउपालिकाको वडा नं. १, २ र ५ यस प्रदेश निर्वाचन क्षेत्रमा पर्दछन् । यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा ३२ हजार दुई सय ४० मत खसेको थियो । अब निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा (१) को मतगणना सुरु भएको सहायक निर्वाचन अधिकृत प्रयास भट्टराईले जानकारी दिनुभयो ।

May be an image of 3 people and people standing

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web