ललितपुर–३ मा स्वतन्त्र पार्टीकी तोसिमा कार्की विजयी

मंसिर ८, २०७९ मा प्रकाशित
Published at 2022-11-24

76 views

ललितपुर । ललितपुर क्षेत्र नम्बर–३ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की विजयी हुनुभएको छ । कार्कीले प्रतिस्पर्धी नेकपा एमालेका अमृत भट्टराई र नेकपा माओवादी केन्द्रकी पम्फा भुसाललाई पछाडि पार्नुभएको हो ।

डा. कार्कीले ३१ हजार १३६ मत प्राप्त गर्नुभएको विवरण छ । उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ र माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसालले ८ हजार ७६९ मत ल्याउनुभएको छ । यसअघि २०७४ को चुनावमा पम्फा भुसाल ललितपुर-३ बाट विजयी हुनुभएको थियो । यसपालि उहाँ तेस्रो हुनुभएको छ । मुख्य निर्वाचन कार्यालयले नतिजाको आधिकारिक घोषणा गर्न बाँकी रहेको छ ।

कार्कीसहित राष्ट्रिय स्वतन्त्र पार्टीले अहिलेसम्म काठमाण्डौमा ५ वटा क्षेत्रमा जितेको छ । काठमाण्डौ-६ मा शिशिर खनाल, काठमाण्डौ-२ मा सोबिता गौतम, काठमाण्डौ-७मा गणेश पराजुली र काठमाण्डौ–८ मा विराजभक्त श्रेष्ठ विजयी हुनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.