सीमा नाका बन्द भएसँगै सुरक्षा व्यवस्थामा कडाइ

मंसिर २, २०७९ मा प्रकाशित
Published at 2022-11-18

134 views

काठमाडौँ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावलाई ध्यानमा राखेर भारत तथा चीनसँगका सीमा नाका बन्द गरिएको छ । चुनावका बेला हुनसक्ने आपराधिक क्रियाकलापलाई रोक्न गएराति १२ बजेदेखि मङ्सिर ४ गते राति १२ बजेसम्म छिमेकी दुई देशसँग जोडिएका सीमानाका बन्द गरिएको हो ।

सीमा क्षेत्रमा आवश्यक सुरक्षा व्यवस्थालाई कडा पारिएको गृह मन्त्रालयले जनाएको छ । भारततर्फको सीमा क्षेत्रमा दुई देशका सुरक्षाकर्मी परिचालन भएका छन् ।

बाँकेको तीनवटै निर्वाचन क्षेत्रलाई छुने ६५ किलोमिटर क्षेत्र भारतसँग जोडिएको र त्यहाँ संयुक्त गस्ती थालिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिनुभयो । भारतीय सशस्त्र सुरक्षा बल (एसएसबी) र नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलले संयुक्तरूपमा गस्ती गरेको प्रमुख जिल्ला अधिकारी खत्रीले जानकारी दिनुभयो ।

हिजो जमुनाहबाट सुरु भएको संयुक्त गस्ती टोली हिरमिनिया पुगेर फर्किएको सशस्त्र प्रहरी बल नेपाल नम्बर–३० गण हेडक्वाटर बागेश्वरी बाँकेका प्रहरी उपरीक्षक जनकराज बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.