नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै

मंसिर १, २०७९ मा प्रकाशित
Published at 2022-11-17

65 views

काठमाडौँ । नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ । पछिल्लो २४ घण्टामा पाँच जनामा मात्रै कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पीसीआर र एन्टिजेन गरी एक हजार दुई सय ५२ जनाको नमुना परीक्षण गर्दा पाँच जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा २६ जना काेराेना सङ्क्रमित निको भएका छन् । अब नेपालमा चार सय ५३ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै २४ घण्टामा ३८ हजार दुई सय ९८ जनाले काेराेना भाइरसविरुद्धकाे खाेप लगाएका विवरण प्राप्त भएकाे मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.