निशुल्क मधुमेह परीक्षण तथा परामर्श शिविर सम्पन्न

कार्तिक ३०, २०७९ मा प्रकाशित | 563 views

काठमाडौ । विश्व मधुमेह दिवसका अवसरमा बूढानीलकण्ठ नगरपालिकास्थित रिमा सेवा समाजमा धनयोगा फाउन्डेसन, नेपालले दि इटर्नल फाउन्डेसन, चाहना केयर र बूढानीकलण्ठ नगरपालिकाको सहकार्यमा सोमबार निशुल्क मधुमेह परीक्षण तथा परामर्श शिविरका साथै भोजन वितरण कार्यक्रम सञ्चालन गरेको छ ।

शिविरमा उक्त समाजमा आश्रित ३० जना बृद्धबृद्धा तथा फरक क्षमताका व्यक्तिहरूको मधुमेहसम्बन्धी परीक्षण गरिएको थियो । शिविरमा बाल दम तथा एलर्जी विशेषज्ञ डा. महेशकुमार गौतम, चाहना केयरका डा. रूप नारायण शाह, प्रसूतीगृहकी डा. इबिजा तिवारीलगायतले स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।

No description available.

बूढानीलकण्ठ नगरपालिकाकी उपाध्यक्ष अनिता लामाको आतिथ्यतामा सम्पन्न उक्त शिविर तथा भोजन वितरण कार्यक्रममा धनयोगा फाउन्डेसन, दि इटर्नल फाउन्डेसन, चाहना केयर, रिमा सेवा समाज तथा बूढानीलकण्ठ नगरपालिका, जनस्वास्थ्य शाखाका पदाधिकारीहरूको उपस्थिति थियो ।

No description available.

No description available.

No description available.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web