नुवाकोटको बालकुमारीमा आमा छोरीको हत्या

कार्तिक २९, २०७९ मा प्रकाशित
Published at 2022-11-15

61 views

दुप्चेश्वर । नुवाकोटको दुप्चेश्वर गाँउपालिका वडा नं. ५ बालकुमारीको भंगेरीमा सोमबार साँझ आमाछोरीको हत्या भएको छ । धारिलो हतियार प्रयोग गरेर २० वर्षीया सम्झना पाण्डे खतिवडा र उनको छोरी तीन वर्षीया कृष्टिना खतिवडाको हत्या भएको दुप्चेश्वर गाँउपालिका वडा नं.५ का वडाध्यक्ष मइतबहादुर तामाङले जानकारी दिनुभएको छ ।

उहाँको अनुसार धारिलो हतियार हसिया, खुर्पा अथवा खुकुरीको प्रयोग गरेर घाटी सहित शरिरको विभिन्न अङ्गमा गहिरो चोट पुराएर उनीहरुको हत्या गरेको अवस्थामा घरको आँगनमा आमाको र पिँढीमा छोरीको शव हिजो साँझ ७ बजे भेट्टिएको हो ।

जिल्ला प्रहरी कार्यालय विदुर र प्रहरी चौकी समुन्द्रटारबाट गएको प्रहरीको टोलीले घटनाको अनुसन्धान सुरु गरेको प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो । उहाँको अनुसार घटनामा अपराध भएको पाइएकाले सोही अनुसार प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ ।

स्थानीयबासीको अनुसार सोही स्थानका अन्दाजी २१ वर्षका पुस्कल भनिने सोनम तामाङ भन्ने व्यक्तिबाट उनीहरुको हत्या भएको बुझिएको छ । अर्धपागल स्वभावका ती व्यक्ति हिजो साँझ उक्त घरमा गएको र त्यस घटना लगत्तै फरार भएकाले प्रहरीले खोजी कार्य सुरु गरेको छ । मानसिक सन्तुलन ठिक नभएको भनिएका ती व्यक्तिलाई पारिवारले करीब ६ महिना सुधारगृहमा समेत राखेर ल्याएको बताएका छन् । विभत्स रुपमा आमा र छोरीको हत्या भएपछि पीडित परिवारले अपराधीलाई पक्राउ गरेपछि मात्रै शव उठाउन दिने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.