नुवाकोटमा रहेका अधिकांश मतदान स्थल संवेदनशील

कार्तिक २८, २०७९ मा प्रकाशित | 241 views

त्रिशुली । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नुवाकोटका अधिकांश मतदान स्थललाई संवेदनशीलमा राखिएको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले जिल्लामा रहेका १३२ मतदान स्थलमध्ये ५२ मतदान स्थललाई अतिसंवेदनशील, ५७ मतदान केन्द्रलाई संवेदनशील र २३ वटा मतदानस्थललाई सामान्य भनेर वर्गीकरण गरेको छ । नुवाकोटमा एक सय ३२ वटा मतदान स्थल र दुई सय ८८ मतदान केन्द्र निर्धारण गरिएको छ ।

सुरक्षा समितिको बैठकले भौगोलिक विकटता, विगतको निर्वाचनमा भएका विवाद र निर्वाचन विरोधी गतिविधि, अपराधिक व्यक्तिको प्रयोग हुन सक्ने अवस्था, जातियता–क्षेत्रियता–साम्प्रदायिकता जस्ता आधारमा मतदानस्थलको वर्गिकरण गरिएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिनुभएको छ ।

उहाँको अनुसार मतदान स्थल संवेदनशीलताको आधारमा सुरक्षाकर्मी परिचालन र केही समस्या आएमा तत्कालै सुरक्षाकर्मीको थप टोली परिचालन गर्न सहज बनाउन मतदान स्थलको वर्गीकरण गरिएको हो । यस्तै, ककनी र बेलकोटगढी नगरपालिका तथा किस्पाङ, पञ्चकन्या, तारकेश्वर, म्यागङ र शिवपुरी गाउँपालिका भित्रका सबै मतदानस्थललाई अतिसंवेदनशील तथा संवेदनशीलमा राखिएको छ ।

विदुरमा एक अतिसंवेदनशील, दश संवेदनशील, १५ सामान्य, ककनीमा सात अतिसंवेदनशील, चार संवेदनशील, बेलकोटगढीमा १२ अतिसंवेदनशील, चार संवेदनशील, तारकेश्वरमा दुई अतिसंवेदनशील, ६ संवेदनशील, म्यागङमा दुई अतिसंवेदनशील, पाँच संवेदनशील र किस्पाङमा तीन अतिसंवेदनशील तथा तीन संवेदनशील मतदान स्थल रहेका नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिनुभएको छ ।

यस्तै, दुप्चेश्वरमा १० अतिसंवेदनशील, तीन संवेदनशील, तीन सामान्य, पञ्चकन्यामा दुई अतिसंवेदनशील र चार संवेदनशील, शिवपुरीमा पाँच अतिसंवेदनशील र ६ संवेदनशील, तादीमा एक संवेदनशील, पाँच संवेदनशील र एक सामान्य, सूर्यगढीमा चार अतिसंवेदनशील, चार संवेदनशील र दुई सामान्य तथा लिखुमा एक अति संवेदनशील, तीन संवेदनशील र तीन सामान्य मतदास्थल रहेका छन् ।
मतदाता स्थलको बर्गिकरण गरेर सुरक्षाको दृष्टिकोणलाई मतदाताले निर्धक्क भएर मतदान गर्नसक्ने गरेर आवश्यकीय व्यवस्थापन मिलाइएको छ ।

मतदान स्थलसम्म निर्वाचन सामाग्रि पुराउन, मतपेटिका ढुवानी गर्न लगायत निर्वाचनलाई सकेसम्म सहज, सरल र छिट्टो एंव छरितो बनाउन आवश्यक प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web