चुनावी सुरक्षाका लागि नेपाली सेना परिचालन

कार्तिक २७, २०७९ मा प्रकाशित | 283 views

काठमाडौँ । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य चुनावको सुरक्षाका लागि नेपाली सेना परिचालन भएका छन् ।

सरकारको सिफारिसमा नेपाली सेनाका परमाधिपतिसमेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले चुनावी सुरक्षाका लागि सेना परिचालन गर्न स्वीकृति दिएसँगै सेना परिचालन गरिएको हो । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार तोकिएको ठाउँमा पुगेर सुरक्षा तयारी सुरु भएको छ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिल्वालले चुनावको सुरक्षाका लागि नेपाली सेना परिचालन भइ सबै ठाउँमा पुगिसकेका जानकारी दिनुभयाे । सेनाले हिमाली जिल्ला जुम्ला, मुगु, हुम्ला, मनाङ, मुस्ताङ, डोल्पा र बाजुरामा हेलिकप्टरबाट मतपत्र ढुवानी गरिसकेको छ।

एकीकृत सुरक्षा योजनाअन्तर्गत नेपाली सेना मतदानस्थलको बाहिरी सुरक्षामा, हवाई तथा स्थल गस्ती, विस्फोटक पदार्थकको नियन्त्रण तथा निष्क्रिय गर्नेलगायतमा परिचालन हुनेछन् । तत्काल परिचालन हुने गरी काठमाण्डौ, पोखरा, चितवन, बर्दिबास, इटहरी, सुर्खेतलगायतका ठाउँमा सेनाले हवाई व्यवस्थापनसहित १ सय ५० सैनिक तयारी अवस्थामा राखेको नेपाली सेनाले जनाएको छ।

सुरक्षा संवेदनशील रहेका मतदानस्थलमा तत्काल परिचालन हुने गरी १३ हजार ६ सय १० सैनिकलाई मतदान स्थलबाट ३० मिनेटको दूरीमा तयारी अवस्थामा राखिनेछ । चुनाव आउन अब एक हप्तामात्रै बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web