नेपाल–भारत सीमानाका चुनावको ७२ घण्टा अघिदेखि बन्द गरिने

कार्तिक २७, २०७९ मा प्रकाशित | 261 views

धनुषा । मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव हुनुभन्दा ७२ घण्टा अघिदेखि नेपाल–भारत सीमानाका बन्द गरिने भएको छ ।

भारतको मधुवनी जिल्लामा रहेकाे जयनगरमा बसेको दुवै देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले चुनावको ७२ घण्टा अगाडिबाट सीमानाका बन्द गर्ने निर्णय गरेको हो ।

खुला सीमानाकाका कारण चुनावको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले ७२ घण्टा अगाडिदेखि सीमानाका बन्द गर्ने निर्णय भएको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।

बैठकमा सीमा वारपारको सम्बन्ध, दशगजाको अतिक्रमण, दशगजाको व्यवस्थापन, दुई पक्षको आन्तरिक सुरक्षा, तस्करी, लागुऔषध र जाँडरक्सी ओसारपोसार नियन्त्रणलगायतका विषयमा पनि छलफल भएको प्रजिअ पौडेलले बताउनुभयो ।

बैठकमा नेपालतर्फको नेतृत्व प्रजिअ पौडेलले र भारततर्फको नेतृत्व मधुवनी जिल्लाका डीएम अरबिन्दकुमार बर्माले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web