त्रिशुली । आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनको लागी नुवाकोटमा सुरक्षा प्रबन्ध, कर्मचारी परिचालन, निर्वाचन सामाग्रिको व्यवस्थापन लगायतको काम पूरा भएको छ ।
स्थानीयतह मार्फत प्रत्येक वडाहरुमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ भने चुनाव गराउनको लागी मंसिर १ गतेदेखि आवश्यक सामाग्रि बोकेर कर्मचारी र सुरक्षाकर्मीलाई मतदान स्थलमा पठाउन लागिएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिनुभएको छ ।
चुनावको मिति नजिकिएसगैँ चुनाव गराउन आवश्यक सबै तयारी पूरा गरेको सरकारी पक्षले अहिले मुख्य चुनौतीको रुपमा दल र उम्मेदवारले गर्ने चुनावी प्रचारमा हुन थालेको आचारसंहिता उल्लघंनका गतिविधि रोक्नलाई देखिएको छ । निर्वाचन गराउनको लागी मुख्य जिम्मेवारी पाएको निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन कार्यालय सहित नुवाकोट प्रशासनले निर्वाचनको तयारीको सम्बन्धमा सामाग्रि व्यवस्थापन, सुरक्षा प्रणाली, कर्मचारी परिचालन सहित निर्वाचन प्रचारको क्रममा आचारसंहिताको कार्यान्वयनलाई चुस्त बनाउन लागिरहेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिनुभएको छ ।
25.24¡ÆC