बेलायतका मन्त्रीले ताइवान भ्रमण गरेपछि चीनको आपत्ति

कार्तिक २३, २०७९ मा प्रकाशित
Published at 2022-11-09

65 views

काठमाडौँ । बेलायतका व्यापार नीति मन्त्री ग्रेग ह्यान्ड्सले ताइवान भ्रमण गरेपछि चीनले आपत्ति जनाएको छ । बेइजिङको चेतावनीलाई बेवास्ता गरी ताइवान पुग्ने मन्त्री ग्रेग पछिल्लो विदेशी हुनुहुन्छ ।

चीनको सार्वभौमसत्तालाई बेलायतले सम्मान गर्नुपर्ने तथा एक चीन सिद्धान्तलाई समर्थन गर्नुपर्नेमा बेइजिङको जोड छ । ताइवानसँग कुनै किसिमको आधिकारिक सम्पर्क कायम नगर्न पनि चीनले आग्रह गर्दैै आएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले विदेशीहरूलाई ताइवानमा सम्पर्क विस्तारको प्रयास नगर्न सुझाउँदै स्वायत्त टापुमाथिको चीनको सार्वभौमिकताको सम्मान गर्न आग्रह गरेको समाचार संस्था एपीले जनाएको छ ।

बेलायतका मन्त्री ग्रेगले दुईदिने भ्रमणका क्रममा ताइवानका राष्ट्रपति साई इङ–वेनलाई भेट्नुभएको थियो । बेलायत र ताइवानबीचको २५औँ वार्षिक व्यापार वार्ताका सिलसिलामा उहाँ ताइपेइ पुग्नुभएको थियो । ताइवानले अहिलेसम्म १४ देशसँग मात्र औपचारिक कूटनीतिक सम्बन्ध कायम गरेको छ । संयुक्त राष्ट्रसङ्घ र अन्य बहुराष्ट्रिय समूहको सदस्य बन्नबाट ताइवान वञ्चित हुँदै आएको छ । यसअघि अमेरिका तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीन–अमेरिका विवाद बढेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.