जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कार्तिक २३, २०७९ मा प्रकाशित | 309 views

प्युठान । प्युठानमा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको छ । १२ जना घाइते भएका छन् ।

प्युठान नगरपालिका– ५ पूर्णा गाउँ कुना पानीमा गएराति साढे १२ बजे लु १ ज ३७०७ नम्बरको जीप दुर्घटना हुँदा पूर्णा गाउँकी ५२ वर्षकी मैमा घर्ती, ४३ वर्षकी बच्ची थापा र ४६ वर्षका खुमन थापाको घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेको जिल्ला अस्पतालमा बिजुवारमा उपचार भइरहेको छ । प्युठान नगरपालिका–१ खैरामा लाग्ने पूर्णिमा मेला हेरेर फर्किएका व्यक्ति दुर्घटनामा परेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web